कांग्रेसले बहिष्कार गर्‍याे कोशी प्रदेश सभा

डिसी नेपाल
३१ वैशाख २०८१ १३:४६
24
Shares

विराटनगर। नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो।

वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन्। नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले बैठक बहिस्कार गरेकाे हो । नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई दिएको छ ।

प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको अडान छ । सोही कारण उसले प्रदेशसभा बैठक बहिस्कार गरेकाे हाे।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ।  प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *