कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
विराटनग। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन्।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो।आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो। कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए।
कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन्। यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेका थिए।
यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment