जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी
काठमाडौं। जनता समाजवादी पार्टी नेपालले संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ।
जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई एक पत्र लेख्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
पत्रमा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निभाउने उल्लेख गरेका छन्। यादवले आजै सरकारबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment