श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

डिसी नेपाल
१ जेठ २०८१ २१:१६
16
Shares

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो। छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेको श्रममन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साइप्रस सरकारले माग गरेअनुसार श्रमिक पठाउन तालिम सञ्चालन गर्नुपर्ने भएकाले सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह गरे। साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन्। सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन्।

साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए। भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले दक्ष नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *