कांग्रेसको मागमा सरकार गम्भीर देखिएन: प्रवक्ता डा महत

डिसी नेपाल
९ जेठ २०८१ २२:२८

पाटन। नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको  मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *