सभामुखद्वारा उँभौलीको शुभकामना

डिसी नेपाल
१० जेठ २०८१ ८:२५
8
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन्। हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *