मुलुक अधिनायकवाद र निरकुंशतातर्फ अग्रसर हुँदै गयो : डा. शेखर कोइराला

डिसी नेपाल
१० जेठ २०८१ १२:०३

बिराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहीन रुपमा अघि बढिरहेको बताएका छन्।

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुँदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताए।

उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे। कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए।

उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए। कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *