संसदको गतिरोध अन्त्यको पहल गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो।
अहिलेसम्म संसदको गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन।
सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ।
एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment