जसपा अध्यक्ष यादवसहितका नेता महाधिवेशन प्रतिनिधिमा निर्विरोध

डिसी नेपाल
१० जेठ २०८१ २२:५९
124
Shares

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

आज गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उनी सर्वसम्मत् रुपमा प्रतिनिधि चयन भएका हुन्। अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवम् निर्वाचन समितिलाई धन्यवादज्ञापन गरे।

सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेशप्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, विनिता सिंहलगायत नेताहरूसमेत महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भए।

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदैछ। अहिले देशैभरिबाट महाधिवेशनका लागि प्रतिनिधि चयन भइरहेका जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *