अध्यादेशबाट बजेट ल्याउने तयारी छैन: पाण्डे

डिसी नेपाल
११ जेठ २०८१ १४:३६

काठमाडाैं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन्।

शुक्रबार संसद भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन्।

सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उहाको भनाइ छ। उनले संसद चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसलाई संसदमा बोल्न नदिएको कुरा सहि नभएको बताए। उनले प्रतिपक्षीले उठाएका मागलाइ सम्बोधन गर्नेक्रममा कार्यदलमा छलफल हुँदा सदनको अवरोध हटाउन कांग्रेस तयार नभएको जनाए।

कांग्रेस निकासका लागि गम्भीर नभएको हो की भन्ने आभाष भएको उनको भनाइ छ। उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सदनबाट बजेट ल्याउन नसक्ने अवस्था आए त्यसको सम्पूर्ण जवाफदेहिता र जिम्मेवारी कांग्रेसकै हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *