बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको छलफल

डिसी नेपाल
११ जेठ २०८१ १६:५३
176
Shares

काठमाडौं। प्रमुख दलका शीर्ष नेताहरूको बैठक  बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगि प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ। जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *