बालुवाटार बैठक: सिरोहिया पक्राउ र गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो जवाफ

डिसी नेपाल
११ जेठ २०८१ १८:५०

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा पार्टीले उठाएका विषयलाई सम्बोधन हुने गरि नै संसदीय छानबिन समिति बनाउनुपर्ने जनाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले मूलभुत रुपमा आफूहरुले उठाएका विषयलाई सम्बोधन हुने गरि छानबिन समिति बनाउनुपर्ने भन्दै भाषा जस्तोसुकै राखेपनि फरक नपर्ने जनाएको हो।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनका बिषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए। उनले स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबाट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको देखिएको भन्दै उक्त सहकारीका साथै सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको विषयमा छानविन हुन जरुरी रहेको बताए।

छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्ने भन्दै उनले भाषाले कुनै फरक नपर्ने जिकिर गरे। त्यस्तै लेखकले कैलाश सिरोहिया पक्राउ शैलीको विरोध गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।

संसदमा गृहमन्त्रीले कांग्रेसप्रति लगाएको आरोप र लाञ्छनाका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै उनले दुवै विषयमा प्रधानमन्त्रीको जवाफ चाहेको लेखकले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *