न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन्: प्रधानन्यायाधीश

डिसी नेपाल
११ जेठ २०८१ २१:४१
72
Shares

धुलिखेल। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यापालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताएका छन्।

सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गरे।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्दै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउन आवश्यक रहेको बताए। उनले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्टयाउन चुनौती रहेको भन्दै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला राखिएको बताए। कार्यशाला दुई दिनसम्म चल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *