कार्यदलको बैठक जारी

डिसी नेपाल
१२ जेठ २०८१ १७:२५

काठमाडौं। सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ। बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा केहीबेर अघि शुरु भएको छ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताउदै आएको छ। आज यसअघि सत्ता पक्षले रवि लामिछानेको नाम उल्लेख नगरी उनको नाम जोडिएका सहकारीहरुको नाम उल्लेख गरेर संसदीय छानबिन गर्ने विषयमा सहमतिको प्रयास हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *