गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै तरुण दलले निकाल्यो राँके जुलुस

डिसी नेपाल
१२ जेठ २०८१ २०:१८
48
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै युवा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौमा राँके जुलुस निकालेको छ।

पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले शनिबार काठमाडौंको प्रदर्शनमार्गमा राँके जुलुस निकालेको हो। सो क्रममा उनीहरुले सरकारविरुद्ध नारावाजी समेत गरेका थिए।

कांग्रेसले आइतबार काठमाडौंको भृकुटिमण्डपमा सरकारविरुद्ध बृहत प्रदर्शन गर्ने तयारी गरेको छ। यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *