राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज बस्दै

डिसी नेपाल
१३ जेठ २०८१ ७:४१
56
Shares

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरुको अधिबेशन, संगठन सुदृढीकरण सँगै सकृय सदस्यता बितरण अभियानबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिबेदनहरु समेत पास गर्नेछ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र संगठन सम्बन्धि प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *