देउवा निवास बुढानिलकण्ठमा पुगे प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
१३ जेठ २०८१ ९:३६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसव सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *