कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

डिसी नेपाल
१३ जेठ २०८१ १२:५९
76
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका हुन्।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *