कांग्रेसले आम जनताको समस्या उठाएको छः कृष्ण सिटौला

डिसी नेपाल
१३ जेठ २०८१ २२:२८

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताएका छन्।

परिवर्तन अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्याः आगामी कार्यभार’ विषयक संवादमा उनले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताएका हुन्।

नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताए। “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भने।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउने स्पष्ट पारे। कांग्रेससहितका प्रतिपक्षले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरेर उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ।

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *