बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

डिसी नेपाल
१४ जेठ २०८१ ७:३३
12
Shares

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ।

जेठ १४ गते सोमबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *