एमाले अध्यक्ष ओलीसँग कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्ने एमालेको माग

डिसी नेपाल
१४ जेठ २०८१ १२:५४

काठमाडाैं। सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहीन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ।

संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने बताएका हुन्।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहीन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताए। उनले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिए।

पौडेलले शीर्ष नेताको बैठकमा संसदको गतिरोध खुलाउने र संसदीय समितिको कार्यदेशका बिषयमा छलफल भएपनि निष्कर्ष निकस्न नसककेको जानकारी दिए। उनले कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप लगाए।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समिति गठनका लागि कांग्रेसले राखेको अडान कायमै रहेको बताए। उनले प्रधानमन्त्रीले सहमतिको प्रयास गरेपनि सत्तारुढ दलका अन्य नेताहरु भने समस्या समाधान गर्न उन्मुख नरहेको आरोप लगाए। उनले दलहरुबीच आन्तरिक छलफल गर्ने गरि शीर्ष नेताहरुको बैठक सकिएको जानकारी दिए।

परियारले लाखौलाख सहकारी बचतकर्ताको रकम फिर्तालाई पहिलो प्राथमिकता राखेको र सहकारी प्रकरणमा संलग्न रवि लामिछाने र गोर्खा मिडियामाथि छानविन हुनुपर्ने अर्को माग रहेको बताए। कांग्रेसले राखेका बिषयलाई गलत व्याख्या गर्दा गलत सन्देश गएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *