कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

डिसी नेपाल
१४ जेठ २०८१ २२:११
40
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलि मंगलबार बिहान १० बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। सरकारले भोलि बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *