सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को–को छन् ?

डिसी नेपाल
१५ जेठ २०८१ १८:१९

काठमाडौं। सहकारी ठगी सम्बन्धि संसदीय छानबिन समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको छ।

७ सदस्यीय समितिमा एमालेबाट सूर्यबहादुर थापा र सरिता भुसाल रहने भएका छन्।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन्।

आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ। समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *