एमालेको राष्ट्रिय महिला भेला आजदेखि
काठमाडौं। एमालेको राष्ट्रिय महिला भेला आजदेखि शुरु हुँदैछ। एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा दुई दिने राष्ट्रिय महिला भेला हुन लागेको हो।
नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने भेलाको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १२ बजे उद्घाटन गने कार्यक्रम रहेको छ।
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागिता हुनेछ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment