राष्ट्रिय मुक्ति क्रान्तिले स्वायत्त नेवाः राष्ट्रिय परिषद्‌को ‘संविधान’ सार्वजनिक गर्‍याे

डिसी नेपाल
१७ जेठ २०८१ १४:०४
288
Shares

काठमाडाैं। स्वायत्त नेवा: राष्ट्रिय परिषद्‌को ‘संविधान’ जारी गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच स्वायत्त नेवा: राष्ट्रिय परिषद्‌को संविधान जारी गरिएको हाे।

राज्यद्वारा आदिवासी नेवाः लाइ अन्तरनीहित अधिकारबाट वञ्चित गरिएको भन्दै नेवाः संस्कृति, परम्परा, सभ्यता नै लोप हुने अवस्थामा पुगिसकेकाले आफ्नो पहिचान र अस्तित्व रक्षा र संरक्षण गर्दै आत्मनिर्णयको अधिकारसहितको स्वायत्त नेवाः राज्यको गठनका लागि संविधान जारी गरिएको दाबी गरिएकाे छ।

कुल १९ वटा धारा-उपधारासहितको यो संविधान अधिवक्ता जितेन्द्र बज्रचार्य र विद्या श्रेष्ठले संयुक्त रुपमा तयार पारेका हुन्।

सो कार्यक्रमलाई सम्बाेधन गर्दै संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति सफल बनाउन काठमाडाैंका नेवारहरु‌को भूमिका महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नेवार समुदायलाई क्रान्तिमा आउन आब्हान गरे। क्रान्तिको अन्तिम लडाई काठ‌माडाैंमा हुने उनकाे दाबी थियाे।

यसैगरी नेवाः राष्ट्रिय परिषद्‌का संयोजक सुमन सायमीले अब आफ्नो संविधान बनाइसके पछाडि स्वायत्त नेवा: राज्यको दावी गर्ने बताए। यो राज्यवाट नेवाः हरुले अधिकार र पहिचान प्राप्त गर्न नसक्ने भएकाले विद्रोह शुरु गरेको तथा आगामी असार ४ गते बिसौं हजार नेवा: हरुको उपस्थितिमा एक माइतीघर मण्डलामा स्वायत्त नेवा: राज्यको दावी गरिने बताए।

सो कार्यक्रमलाई नेताहरु केशव झा, कमला गुरुङ, वुद्धछिरिङ मोक्तान, उपत्यका विशेष व्युरो इन्चार्ज रविन्द्र श्रेष्ठले पनि सम्वाेधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *