सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले सेवाग्राहीलाई सहज हुन्छः मन्त्री अर्याल
धनुषा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताए।
मधेस प्रदेश राजधानी जनकपुरधाममा आज सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे। ‘कार्यालय स्थापनाले स्थानीय सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरेका छौँ। अब सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो लाभ पाउन सकिन्छ ? भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीको भूमिका महत्यपूर्ण छ। योजनामा ढुक्कसँग सहभागी हुन म सेवाग्राहीलाई आग्रह गर्दछु’, मन्त्री अर्यालले भने।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यालयबाट धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुने बताए। उनले चार जिल्लाबाहेक अन्य ठाउँका व्यक्तिले पनि लाभ लिनसक्ने जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment