गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश
काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ।
आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसँगै दुवैलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति पनि तोकेको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवैजनालाई कारबाहीको मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेसी तोकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment