कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

डिसी नेपाल
२१ जेठ २०८१ ७:२९
24
Shares

काठमाडौं। लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ।

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि आर्ज प्रस्तुत हुँदैछ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्विकृत गर्दै आज दिउँसो ४ बजे वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *