सर्वोच्चले जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने

डिसी नेपाल
२१ जेठ २०८१ ७:४४
40
Shares

काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आगामी असार २१ गते बहस नोट पेस गर्ने र साउन १३ निर्णय सुनाउने गरी मिति तय गरेको हो।

पूर्वमन्त्री जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *