एमाले र माओवादीबीच कुनै विवाद छैनः प्रमुख सचेतक बर्तौला
काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाधेजस्तो भएकाले विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राखे।
सरकारको गतिलाई रोक्न धुप अक्षता बालेर बस्नेहरुको दिवासपना पुरा नहुने उनको भनाइ छ। उनले सत्ता समिकरणमा बजेटका विषयमा छलफल कम भएको सत्य भएपनि एमालेले बजेटको अपनत्व लिदै पारित गर्ने बताए।
उनले सत्ता समिकरणमा रहेका सबै दलको भावनालाई समेट्ने गरि बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment