मन्त्री यादवद्वारा स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

डिसी नेपाल
२३ जेठ २०८१ २१:४०
76
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको उनका स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए।

मन्त्रालयले आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदिप केसीलाई दिएको छ। यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *