सहकारी प्रकरणको छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा आशंका (भिडियो)

डिसी नेपाल
२४ जेठ २०८१ १४:२८
20
Shares

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा केसीले छानविन समितिमा सत्तामा बसेका मान्छेहरु रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरुले नै बदमासी गरेकाले यस अघिका बिभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाए। अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्ने उनको भनाइ छ ।

उनले सहकारीका बदमासी गर्नेबिरुद्ध संगठीत भएर आवाज उठाउनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *