त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द गरिने

डिसी नेपाल
२८ जेठ २०८१ १०:०२
300
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्येAlert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यासका लागि बन्द गरिने भएको हो।

कार्यालयका अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा उक्त अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *