भारतको चुनावी परिणाम र नेपाल प्रभाव

शंकरप्रसाद रिजाल
२९ जेठ २०८१ १०:१६

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक छिमेकी भारतमा भर्खरै लोकतन्त्रको महाउत्सव मानिने निर्वाचन सम्पन्न भएर नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन्। लगातार तेस्रो कार्यकालका लागि निर्वाचिन हुने दुर्लभ अवसर मोदीले पाएका छन्।

यद्यपि यसअघि दुई कार्यकाल भारतीय जनता पार्टी (बिजेपी) को एकल बहुमतको शक्तिशाली प्रधानमन्त्री बनेका मोदी यो पटक भने गठबन्धन सरकारको नेतृत्व गर्दैछन्। आइतबार उनले तेस्रो कार्यकालका लागि सपथ ग्रहण गरे, जहाँ सार्क मुलुकमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थिति थियो।

यो पटकको निर्वाचनमा मोदीले ‘अबकी बार चार सौ पार’ महत्वकांक्षी नारा अगाडि सारेका थिए। ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि दुई सय ७२ सिट आवश्यक पर्छ। तर, बिजेपीमा २४० सिटमात्रै पायो र बहुमत ल्याउनबाट चुक्यो।

तै पनि मोदी गठबन्धन सरकारको नेतृत्व गर्दै लगातार तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन्। यसअघि भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।

मोदी भन्दा अघि बिजेपीबाट अटलबिहारी बाजपेयीले सरकारको नेतृत्व गरिसकेका थिए। त्यो बेला बाजपेयीका सारथी लालकृष्ण आडबाणी थिए भने मोदीको सारथी अमित शाह छन्।

मोदीको तेस्रो पटक प्रधानमन्त्री बन्ने महत्वकांक्षालाई नितिशकुमार र चन्द्रबाबु नायडूले साथ दिएका छन्। वर्तमान गठबन्धनमा नायडू र नितिशकुमार महत्वपूर्ण साझेदार हुन्।

यो निर्वाचनमा २०१९ मा जस्तो मतपरीणाम नआएपनि मोदीलाई यो चुनाबमा एनडीएले बलियो साथ र समर्थन दिएको छ। तर नितिशकुमार र चन्द्रबाबु नायडूको विगतको छवि र स्वाभाव हेर्दा यो सरकार पाँच वर्ष चल्छ कि चल्दैन भन्ने संसय भने पैदा गरेको छ।

नरेन्द्र मोदीको शासन शैलीको प्रशंसनीय काम, जोश जाँगर, अन्तर्राष्ट्रिय सम्बन्धमा लिइरहेको नीति र आन्तरिक प्रशासनमा लिएका कडा र गरीब निवारणका लागि गरिएका लोकप्रिय कामले गर्दा मोदी पुन प्रधानमन्त्री बन्न सफल भएका छन्।

लगातार १५ बर्षसम्म भारतको प्रधानमन्त्री हुनु भनेको चानचुने विषय होइन। यो मोदीको कार्य कुशलता हो। यो निर्वाचनमा बिजेपीले सबैभन्दा धेरै सिट भएको उत्तरप्रदेशमा नराम्रोसँग पराजय व्यहोर्नु पर्‍यो। भव्य राम मन्दिर रहेको निर्वाचन क्षेत्रमा नै बिजेपी पराजित बन्न पुग्यो।

यसले हिन्दु बाहेकको मत बिजेपीले नपाएको स्पष्ट हुन्छ। विशेष गरी मुसलमान र अल्पसंख्यकमाथि मोदी सरकारले दमन गरेको भन्ने विपक्षीमो आरोपलाई चुनावी परिणामले सत्य सावित गरिदिएको छ।

अयोध्यामा विजेपीको हारले नैतिक संकत उत्पन्न भएपनि त्यसले खासै फरक भने पार्ने देखिँदैन। किनकि सन् २०१४, सन् २०१९ र सन् २०२४ को तीन वटा चुनाबमा जति कांग्रेसले विजय मत हासिल गरेको थियो त्यो भन्दा बढी भाजपाको रहेको देखिन्छ।

एनडीएले हासिल गरेको कुल २३४ सिटले भाजपालाई सघाउन भारी मत प्राप्त भएको छ। यसमा मोदी करीब अहिलेको हिसाब किताबमा ढुक्क भएका छन्। यसरी बिजयी हासिल र समर्थन रहे पश्चात फेरि मोदीको शासनकाल पहिले जस्तो थियो, अझ त्यो भन्दा पनि शासनमा निखार आउने अपेक्षा गर्न सकिन्छ।

मोदीले आफ्नो बचनमा दृढ हुँदै मोदीले आगामी दिनमा सरकारले लिने अंतर्देशीय र अन्तर्राष्ट्रिय नीतिमा भाजपाको र एनडीए सरकारको कदम अभूतपूर्व हुनेछ भन्ने आशा राख्न सकिन्छ। आज भारतलाई संसारको तेस्रो स्थानमा पुर्याउने मोदी नै हुन् भन्दा कुनै दुईमत नहोला।

उनको अब ५ बर्षको कार्यकालमा नेपालको हाल कांग्रेस आईको पालामा भएको १२ बुँदे समझदारीमा भएको स्वार्थ पूर्ण नीति र नियमले सखाप भएको नेपालको अस्थिर राजनीति, अर्थनीतिमा ब्यापक फेरबदल आइ यी दुवै राजनीति र अर्थनीतिले राम्रो रुप फेर्नेछ भन्ने कतिपयले विश्वास गरेपनि त्यसको सम्भावना कम देखिन्छ।

किनभने अहिले बिजेपीको बहुमतको सरकार होइन। त्यसकारण अहिले मोदीले चाहँदैमा नेपाल नीति वा विदेश नीतिमा ठूलो परिवर्तन हुने सम्भावना कम हुन्छ।

यसो भन्दै गर्दा मोदीको शक्तिलाई कमजोर भने ठान्नु हुँदैन। उनी संसारका प्रभावशाली नेतामध्येका एक हुन्। मोदी बाष्तबमा संसारका नेताहरुमा एक प्रभावशाली नेता हुन्। उनको आँट र साहसले पचासौं बर्सदेखि बिदेशमा धरौटी राखिएको ५ सय टन सुनमध्ये सय टन सुन त बेलायतबाट भारतमा भित्र्याइ सकेका छन्।

अब यो उनको कार्यकालमा बाँकी धरौटीमा राखिएको करीब ४ सय टन सुन पनि बस्तारै भारत ल्याउन सक्नेछन्। आज उनको मुख्य नारा चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रंपको नारा जस्तै ‘राष्ट्र पहिलो’ भनेर भारतमा बिकुल फुकेका छन्। जे भएपनि भारतका दूरदर्शी नेता नरेन्द्र मोदी यस पटक कुल २४० सिटमा बिजयी भइ एनडीएको बलियो साथ र समर्थनमा सरकार बनाउन सफल भएका छन्।

सरकार एनडीएकै समर्थनमा भएपनि आगामी दिनमा आणविक शक्ति राष्ट्रहरुसँग जुधेर र मिलेर काम गर्न निकै चुनौतीपूर्ण हुने देखिएको छ। किनकि देश भित्रको आन्तरिक खालिस्तान, कश्मिर, मणिपुरका समस्या मोदी सरकारको चुनौती हुन्।

भारतमा पनि आइएनजीओको बिगबिगी छ। कतिपयले आइनजीओ भारतका लागि चुनौती बन्न सक्ने देखेर त्यस्ता संस्थालाई भारतमा प्रतिबन्ध पनि लगाइएको छ।
यी संस्थाले भारतमा खास गरेर कृषिमा आफ्नो अकुत सम्पत्ति लगानी गरि आफ्नो नियन्त्रमा राख्ने प्रयास गरेका छन्। त्यस्तै चिकित्सा क्षेत्रमा पनि दक्षिणमा
‘बि वेल’ नामक अस्पताल खोलेका छन्।

यो सबै मोदीलाई राम्रो ज्ञान छ कि पश्चिमले बिस्तारै पूर्वीय संस्कारलाई नष्ट गरी आफ्नो हैकम चलाउन खोजेकोले बिगत केही बर्षदेखि मोदीको पश्चिमप्रतिको राजनीतिमा धेरै फेरबदल आएको देखिन्छ। युक्रेन युद्धमा अमेरिकालाई भारतले साथ् नदिनु त्यसैको ज्वलन्त उदाहरण हो।

त्यसरी नै देशबाट आइएनजीओ खेद्नु दोश्रो उदाहरण हो। अबको कार्यकालमा मोदीले पहिला जस्तो एक ध्रुवीय, दुई ध्रुवीय विश्व व्यवस्था नभइ अहिले बहुध्रर्वीय राजनीति शक्तिसँग भिडेर काम गर्न एकदम चुनौती पूर्ण देखिन्छ। यसो हेर्दा मोदी पश्चिम ध्रुबबाट पूर्वी ध्रुबमा स्थानान्तरण हुने सम्भावना किनै छ।

अर्को भनेको मोदीको आफ्नै पार्टी बिजेपीका नेताप्रति पनि शंका छ। किनकि कतिपय भाजपाका नेताहरुले भ्रष्टाचार निर्मुल पार्न खोज्दा पार्टी भित्रै बिरोध आएको थियो। मोदीले यो चुनाबमा बहुमत ल्याउन नसक्नुको एक कारण अयोध्यामा सन्तहरुको बिरोधमा रामको मूर्ति जबर्जस्ती स्थापना गर्नु पनि हो।

अब विश्व राजनीतिमा केही उतारचढाव र भूमिका स्थानान्तरण हुने भएकोले यो अस्थिर्तामा नेपालको राजनीति र अर्थनीतिपनि जस्ताको तस्तै रहन सक्तैन। इन्डो, वेस्टको आपसी समझदारीमा भारतमा कांग्रेसको पालामा भएको १२ बुँदे समझदारीमा ब्यापक कटौती हुन सक्न सम्भावनालाई पनि नकार्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *