सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना सीआइबीको नियन्त्रणमा

डिसी नेपाल
२८ जेठ २०८१ १५:०३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।

बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएपछि अनुसन्धान गरिरहेको सीआइबीले उनीहरुलाई पक्राउ गरेको हो । सीआइबीले विगत केही महिनायता यस बैंकको अनियमितताको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा यसअघि सीआइबीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *