बारामा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या
बारा। अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ। अज्ञान समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिलला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुर्ख्याैली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो।
दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए। गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल आज साँझ ७ः१५ बजे आसपासमा मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले भने।
घटनामा संलग्न भएको आशंकामा दुई स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता न्यौपानेले बताए। अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment