पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
पाल्पा — पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैं अनियन्त्रत भई सडकको बाँया साइडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।
घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ। रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment