पहिरो खस्दा मुग्लिन मलेखु खण्ड अवरुद्ध

डिसी नेपाल
३ असार २०८१ ८:१३
76
Shares

भरतपुर। पहिरो खसेसँगै मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध बनेको छ। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले बताए। यतिबेला अहिले पहिरो पन्छाउने काम जारी रहेको छ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन्। सवारी चल्न नसक्दा यात्रु सास्ति खेप्न बाध्य छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *