मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

डिसी नेपाल
३ असार २०८१ १९:३४
104
Shares

विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ।

५६ वर्षीय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो। राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो।  उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *