श्रीमती हत्याको आरोपमा पक्राउ

डिसी नेपाल
४ असार २०८१ १७:०४
168
Shares

रौतहट। रौतहटमा आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन्।

जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने ३४ वर्षीय मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो।

लहेरीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *