धनुषामा काठसहित ट्याक्टर नियन्त्रण
धनुषा। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करीब २ लाख ९५ हजार रुपैयाँ बराबरको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिईएको छ।
ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी धनुषाको ढल्केवरबाट जनकपुरतर्फ लैजाँदै गरेको करीब २ सय ८१ क्यूफिट काठ नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुर धनुषामा बुझाईएको छ। ट्याक्टरको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ कायम भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment