धादिङमा जिप दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
६ असार २०८१ १०:०६

धादिङ । धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा एक जना घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *