धादिङमा जिप दुर्घटना, एक जनाको मृत्यु
धादिङ । धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा एक जना घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment