सर्लाहीमा यात्रुबाहक बस लरीमा ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment