मेलम्चीको पानी आजदेखि नआउने
काठमाडौं। काठमाडौंमा आजदेखि मेलम्चीको पानी आउन बन्द हुने भएको छ। वर्षासँगै मेलम्ची नदीमा पानीको बहाव बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
काठमाडौंमा दैनिक झण्डै २० करोड लिटर मेलम्चीको पानी वितरण भइरहेकोमा अब रोकिने भएको छ। अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी रोकिएको थियो भने माघ १ गतेदेखिकाठमाडौंमा पानी ल्याइएको थियो ।
मेलम्चीको पानी बन्द रहने अवधिसम्म बाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गरिने समितिले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment