काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने

डिसी नेपाल
८ असार २०८१ १४:१९
844
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि ३ बजेसम्म सतुंगल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *