राष्ट्रिय योजना आयोगको टोलीले गर्‍यो नागढुंगा सुरुङमार्गको अनुगमन

डिसी नेपाल
९ असार २०८१ २२:४९
108
Shares

काठमाडौं । राष्ट्रिय योजनाआयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगकावरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वमाआयोजना स्थलपुगेर अनुगमन गरिएको हो ।

टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ । अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी र वित्तीय प्रगति७ ० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिनाअझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने उनले बताए ।

यद्यपि अनुगमनका क्रममा केही समस्याहरु भने देखिएका छन् । आयोगका सदस्य डा. फुयालकाअनुसार केहीकित्ताहरुको मुआब्जाबिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केहीचुनौतीहरु रहेका छन् ।

‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्याभएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयालले भने, ‘अनुगमनकाक्रममा केहीमुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्यापनि देखियो ।’ माथि देखिएका समस्याहरु कसरी समाधानगर्ने भन्ने विषयमाआयोजनाले सोच्नु पर्ने उनले बताए । माथिका समस्याहरु समाधानगर्न सकने सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्नहुने देखिएको उनको निष्कर्ष छ ।

अनुगमन टोलीमाआयोगकामहाशाखाप्रमुख हेमराज सुवेदीसहितभौतिकपूर्वाधार तथायातायातमन्त्रालय र सडक विभागकाअधिकारीहरु समेत सहभागी रहेकाथिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *