एसईईमा सबै विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

डिसी नेपाल
१४ असार २०८१ १९:५३
612
Shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो।

धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै शिक्षा मन्त्री सुमना श्रेष्ठले उक्त निर्णय गरेकी हुन्। सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानेकाले एसईई सबै विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसईई नतिजाअनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले नन ग्रेड (एनजी)ल्याइएका छन्। यो संख्या परीक्षामा सहभागीको ५२.१४ प्रतिशत हो। यो अगाडि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *