आज काठमाडौंका यी क्षेत्रमा ७ घन्टा विद्युत अवरूद्ध हुने

डिसी नेपाल
१५ असार २०८१ १२:१९
772
Shares

काठमाडौं। आज काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ।

ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *