प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ सार्वजनिक, युवा पुस्ताका लागि उपयोगी हुने वक्ताहरुको धारणा
काठमाडौं। प्रकाश विकल्पको पुस्तक एन्टिथेसिस शनिवार सार्वजनिक भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरबाट पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकमाथि पूर्व विज्ञान मन्त्री गणेश शाह, पूर्व राजदुतएवं मुख्य सचिव लिलामणी पौडेल, प्रा.डा सुधा त्रिपाठी र प्रा. डा दिनेश भुजुले पुस्तकमाथि टिप्पणी गरेका थिए। पुस्तक विमोचन गर्दै डा. बाबुराम भट्टराई पुस्तक खोजमुलक, ज्ञानबद्र्धक र वैचारिक रहेकाले युवा पुस्ताले अध्ययन उपयोगी हुने धारणा राखे ।
विश्वमा बढ्दै गएको वैचारिक संकटको वर्तमान अवस्थामा पुस्तकले विचार विमर्शको अवसर खडा गरेको उनले बताए। पुस्तक वैज्ञानिक तथ्यका आधारमा लेखिएको उनले बताए। साथै उनले यो पुस्तकलाई राज्यले नै लाखौ प्रति छपाएर वितरण गर्नुपर्नेमा जोड ।
विमोचन कार्यक्रममा पुस्तक चलोकार्पण गर्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुस्तक विज्ञान प्रविधि र परिवर्तनको पक्षमा रहेको वताए । निरन्तर संघर्ष विकासक्रममा अनिवार्य हुने कुरामा पुस्तक केन्द्रित रहेको उनको भनाई थियो।

यस्तै कार्यक्रममा टिप्पणीकारका रुपमा उपस्थित पूर्व मन्त्री गणेश शाह र पूर्व मुख्य सचिवपौडेलले पुस्तकले परिवर्तनको हुट्हुटीलाई नयाँ ढंगले अभिव्यक्त गरेको वताए । मन्त्रीशाहले विज्ञान प्रविधिको विकासविन देशको विकास सम्भव नहुनेतर्फ औल्याउँदै पुस्तकले विज्ञान प्रविधिको विकासक्रमलाई उजागर गरेको धारणा राखे ।मानवजातिले विकास गरेकाकतिपय सभ्यतालाई खराव भन्न नहुनेमा पौडेलको जोड रहेको थियो।
पुस्तकको टिप्पणी गर्दै त्रिभूवान विश्वविद्यालयकी प्रध्यापक सुधा त्रिपाठीले पुस्तकले आधुनिक युगको परिकल्पना गरेको वाताइन्। पुस्तक महत्वपूर्ण रहेकाले स्कुलक्याम्पसका सबै विद्यार्थीको हातहातमा पु¥याउन सके राम्रो हुने धारणा राखिन्।
वैज्ञानिक दिनेशभुजुले पुस्तकले मानवजातिको इतिहास विवेचना र भविष्यको दिशाबोध गरेको प्रा.डा. दिनेश भुजुले बताए । परिवर्तनको पक्षमालेख्ने वोल्नेले विविन्नचुनौतीको सामनागर्नु परेको तथ्य स्मरण गर्दै जतिनै चुनौतीभएतापनिबौद्धिक वर्गले हिम्मतहार्न नहुनेमाउनको जोड थियो ।

आफ्नो पुस्तक एन्टिथेसिसमाथि लेखकीयधारणा राख्दै विकल्पले नागरिकले परिवर्तनको नियमनबुझेसम्म देश विकास नहुनु वताए । पुर्नजागरण आन्दोलन हुनुभन्दा अगाडिको युरोपसँग नेपालको तुलनागर्दै नेपालआजपनिकरिबकरिब डार्क एजमै रहेको उनको धारणा थियो।
मानवजातिको इतिहास,विकासक्रम, विज्ञान प्रविधिको विकास हुँदै आज मान्छे आर्टिफिसियल इन्टिेलिजेन्सको युगमा कसरी आइपुग्यो भन्ने पुस्तकले जवाफदिएको उनले वताए। पुस्तक शिखाबुक्सले बजारमा ल्याएको हो ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment