पशुपति कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा
काठमाडौं। आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब २ हप्ता मात्र बाँकी छ। महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडि बढाएको छ।
आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन्। अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ।
कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाईको कार्यदेखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ।
उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमासयौको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन ।त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ।
यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment